October 10, 2023

गीतकार अधिकारीको रचनामा अमेरिकी गायिकाको स्वर

गीतकार अधिकारीको रचनामा अमेरिकी गायिकाको स्वर

https://gorkhapatraonline.com/news/78223

https://samajtimes.com/2023/09/12/47516/

https://www.ranganepal.com/2023/09/13/9278.html

https://www.drishtinews.com/archives/276028

https://www.thuloparda.com/52578

https://nepalkhabar.com/entertainment/177640-2023-9-11-9-47-35?fbclid=IwAR1RrPUaBBgI5RWr7NKmmDquD-zFLDQ5I5-LirLkQ3ua7OR6ZiEvsCI1umk

https://kendrabindu.com/entertainment-world/135545-1694405418.html

https://www.khojtalashonline.com/article/18310.html

https://www.nepalraibar.com/posts/251153

https://www.filmyfanda.com/news/384

 

कुरा भदौ १५ गतेको हो । गीतकार एवं संगीतकार लोकराज अधिकारी जीवन संगीनीको जन्मदिन ‘सेलिब्रेसन’को तयारीमा थिए ।एकजना अमेरिकी नागरिक पनि उपस्थित थिइन् सेलिब्रेसनमा । त्यहाँ घन्किएको थियो लोकराजकै रचनामा रहेको गीत ‘रुपै मोहनी…।’

ती अमेरिकी नागरिकले उत्साहित हुँदै गीतको मेलोडी टिपेर गुनगुनाउने प्रयास गरिन् । त्यो देखेर लोकराजको ध्यान तानियो । मनभित्र जिज्ञासा जाग्यो – यि गायिका हुन् कि क्या हो !  उनले केही अंग्रेजी कभर गीत गाएर आफ्नो युट्युबमा राखेको लोकराजले थाहा पाए ।

उनी थिइन् २७ वर्षीया अमेरिकी नागरिक ज्याकलिन पेरालेज । खासमा उनी सर्ट फिल्मको सुटिङका लागि पहिलोपटक नेपाल आएकी थिइन्, दुई हप्ताको समय लिएर ।

अस्कर कलेजमा फिल्म पढेका लोकराजका छोरा जेएलसनको चिनजानमार्फत ज्याकलिन जन्मदिन सेलिब्रेसनमा पुगेकी रहिछिन् ।

नेपाली बोल्न नआउने भए पनि संगीतमा झुमेको देखेर लोकराजले प्रस्ताव राखे – गीत गाउने हो ? ज्याकलिनलाई पहिले सुटिङ सक्नु थियो । यद्यपि, गीत गाउन पनि उत्साहित रहेको उनले जवाफ दिएकी थिइन् ।

लोकराजले ज्याकलिनकै लागि लेखे गीत

ज्याकलिनलाई गीत गाउन दिने तय भयो । शुरूमा त पुरानै गीतको ट्रयाकमा गाउन दिने कि भन्ने सोच लोकराजमा आएको थियो । तर पहिले हिट भएको गीत गाउन दिँदा राम्रो र पृथक नसुनिने हो कि भन्ने डर पैदा भयो । अनि ज्याकलिनकै लागि लेखे, ‘ए कान्छा एउटा कुरा सुनिदेउ, मलाई नेपाल र नेपाली मन पर्यो ।’

लोकराजले गीतबारे भने, ‘यो उहाँकै लागि लेखेको हो । नेपाल आएका पर्यटकले नेपाली संस्कृति, नेपालको भूभाग, नेपाली रहनसहन, खाना, नेपाली पन र नेपाली मान्छे मन परेको भाव गीतमा उल्लेख छ । पर्यटकले नेपालको बयान गरेको गीत हो यो ।’

गत शनिवार गीतको डमी ज्याकलिनलाई दिए । त्यही डमीअनुसार उनले त्यसलाई फ्लो गर्दै गीत गाउने कोसिस गर्न थालिन् । शब्दहरू रोमनमा लेखेर उनले गीतको प्राक्टिस् गरिन् ।

गोविन्द मधुर आचार्यको संगीत रहेको गीत गत आइतवार म्युजिक बैंक नेपाल स्टुडियोमा रेकर्ड गराइन् । उनले साढे दुई घण्टा लगाएर गीत गाएको लोकराज बताउँछन् ।

कस्तो गाइन् ? 

‘उहाँलाई नेपाली बोल्न आउँदैन । नमस्कार, मलाई नेपाली मनपर्छ, मःम मनपर्छ जस्ता कुराहरू बल्लबल्ल बोल्न सिक्नुभएको रहेछ’ लोकराजले भने, ‘तर उहाँले गाएको मिठो सुनिएको छ । ल्याङवेज त उताको आउँछ नै । तर पनि मेलोडी ठ्याक्कै पकड्ने, टाइमिङमा गाउने गरेका कारण सहज भयो ।’

लोकराजका अनुसार ज्याकलिन सोमवार अमेरिका फर्किएकी छिन् । टेक्सास निवासी उनी निर्देशक एवं सेट डिजाइनर समेत हुन् ।

अंग्रेजी, फ्रेन्स र नेपाली भाषामा निर्माण हुने सर्ट फिल्मका लागि ज्याकलिन  नेपाल आएकी थिइन् ।

उनले गाएको गीत यतिबेला मिक्सिङ हुँदै छ । एक साताभित्रमा यसलाई सार्वजनिक गर्ने सोच लोकराजको छ ।

‘उहाँले गाउँदै गरेको फुटेज राखेर लिरिकल भिडियो बनाउने कि छुट्टै केही विदेशीलाई सिंगारेर भिडियो बनाउने भन्नेबारे सल्लाह गर्दैछौं’ उनले सुनाए ।

लोकराजले आफ्ना निकटस्थहरूलाई गीत सुनाउँदा सबैले राम्रो प्रतिक्रिया दिएका छन् । धेरैले पृथक खालको गीत भएको बताएका छन् ।

सोहीकारण लोकराज उत्साहित छन् । ‘पहिले नेपाली गायक/गायिकाले गाएको गीत पछि विदेशीले गाएको केही गीत सुनेको छु । तर विदेशीकै लागि भनेर यो भन्दा अगाडि गीतहरू तयार भएको जस्तो लाग्दैन’ लोकराजले भने, ‘सोहीकारण पनि यस गीतलाई लिएर एक किसिमको आशा छ ।’

अमेरिका पुगेपछि ज्याकलिनले पनि गीतबारे जिज्ञासा राखेकी थिइन् । उनी पनि गीतलाई लिएर निकै उत्साहित रहेको लोकराज बताउँछन् ।

Share

LokRaj Adhikari

Lok Raj Adhikari Is A Most Popular And Famous Lyricist Of Nepal .He Has Written many More Gajal And Songs .some popular songs are " timle parai thane pachhi" "rupai mohani " "baja bajaudai " marchhu baru chhatpati maa etc.

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 23 = 25