दाङ्ग जिल्ला राप्ती अञ्चल तल्कालिन लक्ष्मीपुर गाबिस ९ हालको घोराहि उपमहानगर पालीका ४मा २०३७ साल चैत ११ गते पिता ओम प्रकाश शर्मा अधिकारी र माता शुभद्रा देवी अधिकारीको कोख बाट जन्मिएका कान्छा सुपुत्र हुन लोकराज अधिकारी ।
डिजिटल प्रबिधिका किर्तिमानी नेपाली गीतकार लोकराज अधिकारी २०६७ सालमा बजारमा आएको महिला तर्फ अन्जु पन्त र पुरुष तर्फ शिबिर योगीको स्वर रहेको तिम्ले पराई ठाने पछि बोलको गीतले नेपाली सुगम संगीतमा गतिलो स्थान मात्र बनाएन यसका संगीतकार सन्तोष श्रेष्ठ र गीतकार लोकराज अधिकारीलाई नेपाली संगीतमा स्थापित बनाइ दियो । त्यति मात्र हैन तत्कालिन समयमा भित्रिएको डिजिटल प्रबिधि अन्र्तगतको कलर रिङ ब्याक टोन सिआरबिटीमा (झण्डै ४ लाख पटक )सर्बा्धिक डाउनलोड हुने किर्तिमान कायम गर्यो गीतले । यो रेकडलार्ई अहिले सम्म कुनै गीतले ब्रेक गर्न सकेका छैनन । यस अर्थमा यो गीतका गीतकार अधिकारीले गीतसंगीतको क्षेत्रमा पहिलो किर्तिमानी गीतकारका रुपमा आफूलाई उभ्याए । त्यसपछि संगीतकार श्रेष्ठ र गीतकार अधिकारी निरन्तर गीति यात्रामा अगाडी बढि रहेका छन एक पछि अर्को सफलता चुम्दै ।
हालै मात्र फेरी गीतकार अधिकारीले अर्को किर्तिमान आफनो पोल्टामा पारेका छन । २०७४ साल पुष १४ गते सार्बजनिक भएको चलचित्र शत्रु गतेमा समाबेश गीतकार अधिकारीको शब्द अनि टंक बुढाथाकीको संगीत र बुढाथोकी र मिना निरौलाको स्वर मा रहेको रुपै मोहनि बोलको गीत अहिले सर्बा्धिक चर्चामा छ । यो गीतले चर्चा मात्र बटुलेको छैन डिजिटल प्रबिधि अन्र्तगतको युट्युवमा एकै दिनमा सर्बा्धिक हेरिने गीतको किर्तिमान कायम गरेको छ । यो गीतलाई सार्बजनिक भएको २४ घन्टामा ८ लाख ३२ हजार पटक हेरिएको थियो । यस अघि यो रेकर्ड छक्का पञ्जा दुईको नाइलनको साडिमा बोलको गीतले राखेको थियो । जस्लाई एक दिनमा ८लाख १६ हजार पटक हेरिएको थियो । यो गीतलाई दर्शक श्रोताले अत्यधिक रुचाएका कारण छोटो समयमा मिलेनियर बन्ने गीतको सुचिमा पनि दर्ज भएको छ । यो गीत ले छोटो समयमा ५० लाख पटक हेरिने गीतको दोश्रो कृतिमान बनायो । त्यसैगरी ५१ औ दिनमा १ करोड पटक हेरिने गीत बन्न पनि सफल भयो ।
डेढ दशक भन्दा बढि समय देखि पत्रकारीता र गीति लेखन गीति लेखनमा सकृय गीतकार लोकराज अधिकारी पेशाले पत्रकार हुन । २०५६ सालबाट राप्ती सन्देश अर्ध साप्ताहिक पत्रिकाको सम्बाददाता भएर औपचारीक रुपमा पत्रकारीता शुरु गरेका अधिकारी मध्य र सुदुर पश्चिमको पहिलो रेडियो रेडियो स्वर्गद्धारी बाट रेडियो पत्रकारीता लाई निरन्तरता दिए । उनले २०६५ साल देखी झण्डै ८ बर्ष दक्षिण यशियाको पहिलो रेडियो रेडियो सगरमाथामा कार्यक्रम निर्माताका रुपमा काम गरे पछि हालसालै देखि पहिलो पूर्ण मनोरन्जन रेडियो रेडियो अडियोमा कार्यकारी सम्पादक, मनोरन्जन बेसकै अनलाइन गफगाफ डट कम को सम्पादकका रुपमा कार्यरत छन । उनले झण्डै एक बर्ष अमेरिका बाट प्रकाशन हुने पाक्षीक पत्रिका युएस खवर को अतिथि सम्पादकका रुपमा पनि काम गरेका थिए ।
अधिकारीको गीतियात्रामा ५८ सालको अन्त्य तिर माधव चौधरी र शर्मिला गुरुङको स्वरमा रहेको किन होला तिमि छेउ नहुदा बोलको दोहोरी औपचारीक रुपमा रेकर्ड भएको पहिलो गीत हो । त्यस लगत्तै ५९ मा गोबिन्द मधुर आचार्यको स्वर संगीतमा रहेको कान्छीको रुमाल खस्यो पानीमा बोलको गीत रेकर्ड भएपछि अधिकारीलाई स्थानिय स्तरमा गीतकारको परिचय दियो । २०६२ सालमा संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीतमा रहेको यूवा तिम्ले देश रोएको देख्नु पर्छ है बोलको राष्ट्रिय गीत रेडियो नेपाल बाट बज्न थाले पछि अधिकारीलाई राष्ट्रिय परिचय मिल्यो । त्यहि बिचमा अधिकारीले केहि फूटकर गीत रेकर्ड गराए । भने पत्रकार महासंघका बर्तमान उपाध्यक्ष एबं गीतकार बिपुल पोख्रेल संगको सहकार्यमा अपेक्षा नामक संयुक्त एल्वम निकाले । त्यहि समयमा डिजिटल प्रबिधमा बनेको चलचित्र खवरदारमा पनि गीत लेखे अधिकारीले । ६५ सालमा जागिरको शिलशिलामा काठमाण्डौ छिरेका अधिकारीले सन्तोष श्रेष्ठ संगको सांगीतिक सहकार्यमा निकालेको गीत तिम्ले पराई ठाने पछि उनको सांगीतिक जीवनको माइलस्टोन बन्यो ।
हाल सम्म लोक आधुनिक पप राष्ट्रिय र चलचित्र गरी १०० बढि गीत र गजल रेकर्ड गराएका अधिकारीले लेखक संघ दाङ, प्रस्तोता समाज नेपाल, संगीतकार संघ नेपाल , अन्तराष्ट्रिय कलाकार समाज इनास ग्लोबल , अमेरिकामा रहेको संस्था सक्षम ग्रुपका लगायतका एक दर्जन भन्दा बढि सांगीतिक संघ संस्था बाट सम्मानित र पुरस्कृत भएका छन । त्यसैगरी अन्तराष्ट्रिय युवा दिवसका अबसरमा २०७०मा उनले उत्कृष्ट युवा पुरस्कार पनि प्राप्त गरेका छन । २०६७ सालमा बिन्दबासीनि म्यूजिक अवार्डमा सुगम संगीत तर्फको उत्कृष्ट गीतकारको अवार्ड पाएका अधिकारीले सन २०१६मा पनि सुगम संगीत तर्फको उत्कृष्ट गीतकारको म्यूजिक खवर म्यूजिक अवार्ड प्राप्त गरेका थिए ।
गीतकार संघको सदस्य रहेका अधिकारी संगीत रोयल्टी संकलन समाज नेपालको बर्तमान कोषाध्य र संगीतकार संघ नेपालको प्रेस सल्लाहकार हुन । गीतकार अधिकारी संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको मुख्य अभियन्ता पनि हुन । जुन कोषले संगीतकर्मीलाई मर्दा पर्दा सहयोग गर्दै आएको छ । डिभोर्स र दरार एकल गीति संग्रह सार्बजनिक गरेका अधिकारीको हैसियत नामक संयुक्त गजल संग्रह पनि प्रकाशीत भएको छ । उनका तिम्ले पराई ठाने पछि , रुपै मोहनी ,रुपौली रानी ,जसो परे पर्ला , सारा सारा दिन, सररर हुई लगायतका गीत युट्युवका मिलेनियर गीतको सूचिमा छन । भने रुवाउँदिन तिमीलाई , मर्छु बरु, जे गर्दा नि , फेरी एक हुन,तिमीलाई त , नाक थेप्चो या चुच्चो , लगायत का गीत दर्शक श्रोताले रुचाएका गीत भित्र पर्छन ।
गीतकार अधिकारीले खवरदार, धर्तिपुत्र ,पल्टन, सूर्या,टाइगर द रियल हिरो, के यो मायाँ हो ब्ल्याकमेल,भै हाल्छ नि, दब्दवा , रुद्र , छक्का पञ्जा दुई शत्रु गते, बाँध मायाले लगायतका चलचित्रमा गीत लेखेका छन । आमा टेलिफिल्म, सपुत ,इच्छा, भैहाल्छ नि लगायतका केहि सिनेमा मा सानो अभिनय समेत गरेका अधिकारीले केहि म्यूजिक भिडियो पनि निर्देशन गरेका छन ।
Recent Comments